चितवनको भरतपुर महानगरपालिका २९ गाईघाटमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
मुग्लिङबाट नारायणगढ तर्फ आउँदै गरेको ना ६ ख ५६४२ नम्बरको ट्रकले विपरित दिशातर्फ जादै गरेको लु ३८ प ६२७० को मोटरसाइकललाई ठक्कर दिदा पाल्पा मस्याङ ४ का ३५ वर्षीय सरोज दर्लामी ( साथमा भएको लाइसेन्स विवरण अनुसार ) को मृत्यु भएको छ भने पाल्पा घर भएका २४ वर्षीय चेतन आले रहेको गम्भीर घाइते जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
घाइतेलाई उपचारको लागी नयाँ मेडिकल कलेज भरतपुर पठाइएको प्रहरीले जनाएको छ ।
ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।
What’s your Reaction?
+1
+1
+1
1
+1
+1
+1