भरतपुर चितवन – भरतपुर–२९ स्थित जुगेडीमा आइतबार बेलुकी ७ः१० बजेको समयमा स्कार्पियोको ठक्करबाट एक पैदलयात्री महिलाको मृत्यु भएको छ ।
रामनगरबाट मुग्लिनतर्फ जाँदै गरेको बा २० च ४९७ नम्बरको स्कार्पियोले बाटो काट्दै गरेकी पैदलयात्री भरतपुर–२९, जुगेडी बस्ने ४० वर्षीया माया गुरूङको उपचारार्थ पुरानो मेडिकल कलेज भरतपुर लगिएकोमा सोमबार बिहान ५ः१७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले ठक्कर दिने स्कार्पियोसहित चालक धादिङको थाक्रे गाउँपालिका वडा नं–६ बस्ने ३८ वर्षीय लक्ष्मण रेग्मीलाई नियन्त्रणमा लिएको जनाएको छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1