JIN0TkF.gif
JINuGe4.gif

भरतपुरका रचन श्रेष्ठको हत्या आरोपमा २ जना पक्राउ

चितवन –   भरतपुरका रचन श्रेष्ठको हत्या गरी फरार रहेको अभियोगमा धादिङ प्रहरीले चितवन र सिराहा जिल्लाका २ जना युवालाई पक्राउ गरेको छ ।

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

नवलपरासी जिल्ला (बर्दघाट सुस्तापूर्ब) देवचुली नगरपालिका वडा नं. १५ घर भई हाल जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं. ३ बाह्रघरे बस्ने वर्ष २० का रचन श्रेष्ठको हत्या गरी फरार भएको अभियोगमा दुई युवा पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार पक्राउ पर्नेमा चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं. ४ बस्ने वर्ष २५ को लादेन भनिने विनय गौतम र सिराहा धनगढीमाई नगरपालिका वडा नं. १ बस्ने वर्ष २१ को बब भनिने योगेन्द्र साह रहेका छन् ।

चितवनका श्रेष्ठ गत साउन ३१ गतेदेखि धादिङको ताल्ती क्षेत्रमा हराइरहेको भन्ने सूचनाको आधारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीले खोजतलास गर्ने क्रममा भदौ ७ गते दिउँसो धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं. २ गोगनघारी खोलास्थित गोगनघारी छाँगोको फेदमा सडेको अवस्थामा शव फेला परेको थियो ।

हराइरहेका श्रेष्ठका बुबा तिलककुमार श्रेष्ठले उनीहरुविरुद्ध कर्तब्य ज्यान शीर्षकमा इलाका प्रहरी कार्यालय गजुरीमा किटानी जाहेरी दिएका थिए । जाहेरी सूचनामा उल्लेख भएअनुसारका युवक मृत अवस्थामा भेटिएपछि प्रहरीले शब परीक्षणको लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाएको थियो ।

मृतकका बुबा तिलकले दिएको जाहेरीका आधारमा प्रहरीले लादेन भनिने विनय गौतमलाई मिति भदौ ७ गते धादिङको गजुरी गाँउपालिका वडा नं. २ मझुवा डाँडाबाट पक्राउ गरेको थियो । त्यसैगरी बब भनिन योगेन्द्र साहलाई पनि भदौ ७ गते सिराहा धनगढीमाई नगरपालिका वडा नं. १ स्थित निजको घरैबाट नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय गजुरी ल्याइएको थियो ।

भिडियो खिच्ने प्रयोजनका लागि भनेर तीन जना युवक धादिङको ताल्ती क्षेत्रमा पुगेको भन्ने जानकारी आए पनि यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत धादिङबाट नौ दिनको म्याद लिई हिरासतमा राखेर अनुसन्धान सुरू गरिएको जिल्ला प्रहरी कार्यालय धादिङको प्रवक्ता एवम सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash