JIN0TkF.gif
JINuGe4.gif

भन्सार छलेर ल्याएको ८०० किलो काजु बरामद

चितवन –  प्रहरीले पर्सामा भन्सार छली घरमा लुकाइ राखेको आठ सय किलो काजु बरामद गरेका छन् ।

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

पर्साको वीरगञ्ज महानगरपालिका–१० बजरङ्ग टोल बस्ने मगनी राउतले भारतीय बजार रक्सौलबाट भन्सार छली नेपाल भित्र्याएर घरमा लुकाइ राखेको काजु प्रहरीले बरामद गरेको हो ।

भन्सार अधिकृत दीपेन्द्र शर्मासहितको प्रहरी टोलीले बरामद गरेको करिब सात लाख २० हजार रुपैयाँ बराबरको काजुलाई वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash