JIN0TkF.gif
JINuGe4.gif

बोका चोरी गर्ने २ जना पक्राउ

चितवन –  गुल्मीमा बोका चोरेको आरोपमा  दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

जिल्लाको रेसुंगा नगरपालिका वडा नम्बर ५ का ५२ वर्षीय विष्णुकुमारी जोगीको खोरबाट २२ किलोको बोका चोर्ने २ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

पक्राउ पर्नेमा वडा नम्वर ७ का २३ वर्षीय विरेन्द्र परियार र अर्का एक जनाको नाम गोप्य राखिएको प्रहरीले जनाएको छ । उनीहरुले चोरी गरेको बोकालाई काटेर केही मासु खाएको र केही बिक्री गरेको जानकारी प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले दिनुभयो ।

उनीहरूलाई जिल्ला अदालत गुल्मीबाट म्याद थप गरी अनुसन्धान जारी रहेको छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
27
+1
0
+1
0
81025400
hulash