चितवन – चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट एक जनाको ज्यान गएको छ ।
ज्यान जानेमा राप्ती नगरपालिका–१ दुवीचौरका ४३ वर्षीय हरि पौडेल रहेका छन् ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आज शुक्रवार बिहान पौने १० बजेतिर पौडेल मनहरी गाउँपालिका–६ लोथारको राप्ती दोभानमा घाँस काट्न जानुभएको थियो । त्यही समयमा बाघको आक्रमणबाट उहाँको ज्यान गएको हो ।
What’s your Reaction?
+1
+1
+1
42
+1
+1
+1