JIN0TkF.gif
JINuGe4.gif

बत्ती चोरेकाे आराेपमा वीरगञ्जको घण्टाघरबाट २ जना पक्राउ

चितवन –  वीरगञ्जमा रहेकाे घण्टाघर वरिपरि जडान गरिएको बत्ती तोडफोड र चोरी गरेकाे आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

वीरगञ्ज महानगरपालिका–८ का १८ वर्षीय अविनाश खत्री र भारतको मोतीहारी घर भएका १८ वर्षीय नितेश मल्लिकलाई घण्टाघर क्षेत्रबाटै प्रहरीले पक्राउ गरेको हो।

सीसीटीभीमा देखिएकाे दृश्यका आधारमा अनुसन्धान गर्दा खत्री र मल्लिक संलग्न रहेको निष्कर्षका आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिनुभयो ।

पक्राउ परेका उनीहरुविरुद्ध अभद्र व्यवहार कसुरमा मुद्दा दर्ता गरी पर्सा जिल्ला अदालतबाट तीन दिनको म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक थापाले बताउनुभयो ।

वीरगञ्ज महानगरपालिकाले घण्टाघरलाई उज्यालो र आकर्षक बनाउन वरिपरि जडान गरेको बत्ती गएकाे शुक्रवार राति तोडफोड तथा चोरी भएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash