JIN0TkF.gif
JINuGe4.gif

फ्रि भीपीएन र ओपन डीएनएस ब्लक गर्न सेवाप्रदायकलाई प्राधिकरणको निर्देशन

चितवन –  नियामक नेपाल दूरसञ्चार प्राधिकरणले फ्रि भीपीएन र ओपन डीएनएसलाई समेत ब्लक गर्न मोबाइल तथा इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको छ । प्राधिकरणले आइतवार सेवा प्रदायकलाई पत्राचार गर्दै नेपालभित्र टिकटक चल्न नदिन वैकल्पिक उपाय माथि समेत रोक लगाउन निर्देशन दिएको हो ।

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

एक इन्टरनेट सेवा प्रदायक कम्पनीका अनुसार नियामक नेपाल दूरसञ्चार प्राधिकरणले उपलब्ध गराएको आईपी एड्रेसका आधारमा निःशुल्क भीपीएन ब्लक गरिनेछ । त्यस्तै यतिखेर नियामकको निर्देशन कार्यान्वयन गर्दै ओपन डीएनएसलाई समेत ब्लक गरी टिकटकमाथिको पहुँच ठप्प पार्ने दिशामा सेवा प्रदायकले काम गरिरहेको बुझिएको छ ।

नेपालमा हाल कतिपय प्रयोगकर्ताले टिकटकमा पहुँच बनाउन विभिन्न निःशुल्क भीपीएन तथा गुगल र क्लाउड फ्लेयरको ओपन डीएनएस प्रयोग गरिरहेका छन् ।  नियामकले उपलब्ध गराउने आईपी एड्रेसको आधारमा सेवा प्रदायकले निःशुल्क रूपमा उपलब्ध भीपीएन ब्लक गर्ने तयारी थालेका छन् ।

त्यस्तै नेपालमा अहिले धेरै मात्रामा प्रयोग भइरहेका गुगल र क्लाउड फ्लेयरसँगै अन्य ओपन डीएनएसमाथि समेत रोक लगाउने तयारी चलिरहेको छ । “हामीलाई नियामकको तर्फबाट कुनै पनि हालतमा नेपालभित्र टिकटक चल्न नदिने वातावरण बनाउनु भन्ने निर्देशन आएको छ,” एक इन्टरनेट सेवा प्रदायकका सञ्चालकले टेकपानासँग भने, “यसको प्राविधिक चाँजोपाँजो मिलाउन हामीलाई केही दिन लाग्न सक्छ । त्यसपछि कुनै पनि ओपन डीएनएस प्रयोग गरी प्रतिबन्धित साइट तथा एप प्रयोग गर्ने बाटो बन्द हुनेछ ।”

सामाजिक सद्‌भाव र सामाजिक वातावरणमा नकारात्मक असर पारेको भन्दै सरकारले २७ कात्तिकमा टिकटकमाथि रोक लगाउने निर्णय गरेको थियो । सोही निर्णय कार्यान्वयनका लागि नियामक प्राधिकरणले सेवा प्रदायकहरूलाई दबाबमा राखेको हो ।

What’s your Reaction?
+1
102
+1
23
+1
12
+1
9
+1
6
+1
10
81025400
hulash