JIN0TkF.gif
JINuGe4.gif

फेरि बढ्यो पेट्रोलियम पदार्थको मुल्य

चितवन –   नेपाल आयल निमगले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । निगमले शुक्रवार रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर १ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ वृद्धि गरेको हो ।

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

मूल्य समायोजनसँगै काठमाण्डौ, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १  सय ८३ र डिजलरमट्टीतेलको मूल्य प्रतिलिटर १ सय ७३, सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर १ सय ७२ र डिजलरमट्टीतेल प्रतिलिटर १ सय ७२ तथा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोल प्रतिलिटर १ सय ८० रुपैयाँ ५० पैसा र डिजलरमट्टीतेल प्रतिलिटर १ सय ७० रुपैयाँ ५० पैसा तोकिएको छ ।

इन्डियन आयल कर्पोरेशनबाट हिजो प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल र डिजलको मूल्यमा क्रमशः प्रतिलिटर १ रुपैयाँ १२ पैसा र २ रुपैयाँ ९१ पैसा वृद्धि भई आएकाले खुद्रा बिक्री मूल्य बढाउनुपरेको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिनुभयो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash