JIN0TkF.gif
JINuGe4.gif

प्रहरीमा जागिर लगाइदिन्छु’ भन्दै २ लाख रुपैयाँ ठगी गर्ने व्यक्ति पक्राउ

दाङ –  प्रहरीमा जागिर लगाइदिन्छु भन्दै दुई लाख रुपैयाँ ठगी गरेकाे आराेपमा एक जना पक्राउ परेका छन् ।

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

पक्राउ पर्नेमा पाल्पाकाे तानसेन नगरपालिका–३ घर भई काठमाण्डाैकाे चन्द्रागिरि बस्दै आएका ५८ वर्षीय नरेश गाैतम रहेका छन् । उनलाई आज बिहीवार काठमाण्डाैबाट पक्राउ गरेकाे प्रहरीले जनाएकाे छ ।

गाैतमले दाङकी २२ वर्षीया युवतीलाई प्रहरी जवानमा भर्ना गराएर जागिर लगाइदिन्छु भन्दै पटक–पटक गरेर दुई लाख रुपैयाँ लिएर ठगी गरेका थिए । पीडित युवतीले उजुरी दिएपछि उनलाई प्रहरीले पक्राउ गरेकाे हाे ।

काठमाण्डाैबाट पक्राउ गरी दाङ लगिएका उनीविरुद्ध ठगी कसुरमा १२ दिनको म्याद लिएर अनुसन्धान अघि बढाएको दाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजनकुमार गौतमले जानकारी दिनुभयाे ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash