पेरिस पारालिम्पिक : पहिलो खेलमा नेपालकी पलेशाको जित

भदौ १४ । पेरिस पारालिम्पिक–२०२४ अन्तर्गत के–४४ क्याटगोरीको महिला ५७ केजीमुनिको पहिलो खेलमा नेपालकी पलेशा गोबर्धनले जित निकालेकी छिन्।

राउन्ड अफ १६ को खेलमा पलेशाले भेनेन्जुएलाकी भलेरियाविरूद्ध शुक्रबार ३१-० को जित निकाल्दै अन्तिम आठमा पुगेकी हुन्।

अब उनले अन्तिम आठमा ब्राजिलकी सिल्भाना मायारासँग आजै प्रतिस्पर्धा गर्नेछिन्।

यो स्पर्धामा ११ खेलाडी छन्। पलेशाले छनोट चरण पार गर्दै पेरिस ओलम्पिकमा नेपालको प्रतिनिधित्व गरेकी हुन्। गत चैतमा चीनको ताइयानमा भएको पारालिम्पिकको एसियाली छनोट प्रतियोगितामा स्वर्ण जित्दै पेरिस पारालिम्पिकमा सहभागिता निश्चित गरेकी थिइन्।

छनोट चरण पार गर्दै पारालिम्पिक खेल्ने पलेशा पहिलो नेपाली खेलाडी हुन्। पलेशा १९ औं एसियाली खेलकुदकी पनि ऐतिहासिक कास्य पदक विजेता हुन्।

पदकको आशा गरिएकी पलेशासंग टोकियो पारालिम्पिक पनि खेलेको अनुभव छ। त्यस पारालिम्पिकमा पलेशा कास्य भिडन्तमा चीनकी खेलाडीसंग चुकेकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *