JIN0TkF.gif
JINuGe4.gif

पुस ७ गतेदेखि नारायणगढ–मुग्लिन सडक दैनिक ४ घण्टा बन्द हुने

चितवन –  नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल निर्माण गर्न यही पुस ७ गतेदेखि दैनिक ४ घण्टा सवारी आवागमन बन्द हुने भएको छ ।

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

पुस ७ गते बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरेर काम गरिने नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) ले आज एक सूचना जारी गरेर जनाएको हो । नारायणगढबाट मुग्लिनतर्फ जाने सवारीसाधनमध्ये यात्रुवाहक सवारी साधन पन्ध्रकिलो बजारदेखि जुगेडीसम्म रोकिने छन्भने मालवाहक सवारीसाधन भतेरी जङ्गलदेखि रामनगरसम्म रोकिने छन् ।

यसैगरी, काठमाडौँबाट आउने यात्रुवाहक सवारी साधन मुग्लिन बजारदेखि मनकामना केवलकारसम्म र मालवाहक सवारी सधान लेवाटारमा रोक्नुपर्नेछ । पोखराबाट आउने यात्रीवाहक सवारीसाधन वेनीटारदेखि पावरहाउससम्म र मालवाहक सवारीसाधनलाई सत्रसय फाँटमा रोक्नुपर्ने आयोजनाले जनाएको छ ।

उक्त सडकका १९ वटा पुलमध्ये चार वटा चार वर्ष अघि निर्माण भएका हुन्भने बाँकी १५ पुलको काम एकै साथ थालिएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash