चितवन – पहिरोका कारण हेटौँडा–काठमाण्डौ जोड्ने कान्ति लोकपथ र हेटौँडा–कुलेखानी–काठमाण्डौ सडक अवरुद्ध भएको छ ।कान्ति लोकपथ अन्तर्गत मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ११ लामराङमा गएराति पहिरो गएकाले सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
यस्तै, हेटौँडा–कुलेखानी–काठमाण्डौ सडक खण्डअन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर २ ज्यालटारमा पहिरो जाँदा हेटौँडा–भैँसे–भिमफेदी–कुलेखानी–काठमाण्डौ सडक खण्ड अवरुद्ध भएको छ ।
प्रहरीका अनुसार दुवै सडक खुलाउन सडक विभागसँग समन्वय भइरहेको छ । तर, लगातारको पानी परिरहेकाले तत्काल सडक खुल्ने अवस्था नरहेको प्रहरीले जनाएको छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1