JIN0TkF.gif
JINuGe4.gif

पहिरोमा पुरिएर एक बालकको मृत्यु

दोलखा– दोलखामा पहिरोमा पुरिएर एक बालकको मृत्यु भएको छ । बिगु गाउँपालिका–२ ओराङका १४ वर्षीय तिरिश तामाङको मृत्यु भएको हो ।

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

तामाकोशी नदीमा माछा मार्न गएका तामाङको पहिरोमा पुरिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय सिङगटीले जनाएको छ । 

उनी गए राति  माछा मार्न तामाकोशी नदी जाँदै गर्दा बाटोमा पहिरोले पुरिएका हुन् । तामाङसँगै गएका अन्य तीन जनाले भागेर ज्यान जोगाएको प्रहरीले जनाएको छ ।

केही दिनअघि गौरीशङ्कर गाउँपालिका–७ मा पहिरोमा परी दुई जनाको मृत्यु भएको थियो भने दुईजना अझै बेपत्ता छन् । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash