भरतपुर – नेपाल खेलकुद पत्रकार मञ्च चितवनलाई एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेज प्रालि चितवनले जर्सी सौजन्य गरेको छ ।
एक्सपर्टले शनिबार मञ्चलाई एकसेट जर्सी सौजन्य गरेको हो । एक्सपर्टसँगको सहकार्यमा चितवन जिल्ला फुटबल संघको आयोजनामा शनिबारदेखि सुरु भएको ‘एक्सपर्ट फुटसल फेस्टा–२०२३’ कै बीच एक्सपर्टका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले मञ्चका अध्यक्ष विनोदबाबु रिजाललाई जर्सी हस्तान्तरण गरे ।
सो क्रममा एक्सपर्टका प्रबन्ध निर्देशक अधिकारीले मञ्चले आगामी दिनमा गर्ने कार्यक्रमहरुमा सहकार्य गरिने बताए । मञ्चका अध्यक्ष रिजालले पनि आगामी दिनमा सहकार्य गरेर अघि बढ्ने बताए ।
यसैबीच, मैत्रीपुर्ण फुटसलमा खेलकुद पत्रकार मञ्च चितवन विजयी भएको छ । भरतपुरको चितवन फुटसलमा भएको खेलमा मञ्चले बेटर चितवनलाई ६–१ ले पराजित गरेको हो ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1