JIN0TkF.gif
JINuGe4.gif

न्युजिल्याण्डसंग श्रीलंका ५ विकेटले पराजित

चितवन –   श्रीलंकालाई हराउँदै न्युजिल्याण्ड आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनल नजिकै पुगेको छ । न्युजिल्याण्डले श्रीलंकालाई ५ विकेटले हराएको हो । श्रीलंकाले दिएको १ सय ७२ रनको लक्ष्य न्युजिल्याण्डले २३ ओभर २ बलमा ५ विकेट गुमाएर भेटायो । उसका लागि देवन कनवेले ४५, ड्यारेल मिचेलले ४३ र रचिन रविन्द्रले ४२ रन बनाए ।

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

श्रीलंकाका एन्जेलो म्याथुजले दुई विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले ४६ ओभर ४ बलमा अलआउट हुँदै १ सय ७१ रन बनायो । उसका लागि कुशल परेराले सर्वाधिक ५१ र महिश थीकशनाले नटआउट ३८ रन बनाए ।

न्युजिल्याण्डका ट्रेन्ट बोल्टले तीन, लकी फर्गुसन, रचिन रविन्द्र र मिचेल स्यान्टनरले समान २र२ विकेट लिए । आजको जितसँगै न्युजिल्याण्डको ९ खेलमा १० अंक भएको छ । ८र८ खेल खेलेका पाकिस्तान र अफगानिस्तानको  ८र८ अंक छ ।

अब सेमिफाइनलमा पुग्न पाकिस्तान र अफगानिस्तानले आफ्ना प्रतिस्पर्धीलाई ठूलो अन्तरले हराउनुपर्छ । तर यो असम्भव जस्तै देखिन्छ । पाकिस्तानले इंग्ल्याण्डसँग र अफगानिस्तानले दक्षिण अफ्रिकासँग खेल्न बाँकी छ । किनकि न्युजिल्याण्डको रनरेट निकै बलियो छ । आजको पराजयसँगै श्रीलंकाको च्याम्पियन्स ट्रफी खेल्ने सम्भावना कम भएको छ ।  भारत, दक्षिण अफ्रिका र अष्ट्रेलिया सेमिफाइनलमा पुगिसकेका छन्

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash