JIN0TkF.gif
JINuGe4.gif

नेपाल सुपर लिगमा आज स्पोर्टिङ इलाम एफसी र पोखरा थन्डर्सबीच प्रतिस्पर्धा हुँदै

चितवन  –  नेपाल सुपर लिग फुटबल अन्तर्गत आज स्पोर्टिङ इलाम एफसी र पोखरा थन्डर्सबीच  प्रतिस्पर्धा हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ५ बजे सुरु हुनेछ ।

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

आजको खेलमा दुवै टोली दोस्रो जित निकाल्ने उद्देश्यका साथ मैदानमा उत्रँदै छन् । जारी लिगमा ३ खेलबाट अपराजित रहँदै पोखरा ५ अङ्कका साथ तालिकाको चौथो स्थानमा छ । यस्तै ३ अङ्क रहेको इलाम छैटौँ स्थानमा छ ।

यसअघिको खेलमा पोखराले ललितपुर र झापासँग बराबरी खेलेको थियो भने चितवनलाई हराएको थियो ।

यस्तै, इलामले काठमाडौँ र बुटवलसँग हार बेहोरेको थियो भने झापालाई पराजित गरेको थियो ।

नौ टोली सहभागि लिगमा तीन खेलबाट ७ अंक जोडेको धनगढी शीर्ष स्थानमा रहेको छ । ललितपुर ६ अंकका साथ दोस्रो तथा काठमाडौँ रेजर्स तेस्रो स्थानमा छ । 

What’s your Reaction?
+1
27
+1
19
+1
0
+1
0
+1
13
+1
10
81025400
hulash