JIN0TkF.gif
JINuGe4.gif

नेपाल सुपर लिगमा आज चितवन र झापा भिड्दै

चितवन  – नेपाल सुपर लिग फुटबलमा आज दुई खेल हुँदैछन् । आजको पहिलो खेलमा शीर्ष स्थानको पोखरा थन्डर्स र दोस्रो स्थानको धनगढी एफसीबीच दिउँसो एक बजे खेल हुनेछ ।

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

पोखराको ७ खेलमा १४ अङ्क र धनगढीको समान खेलमा १२ अङ्क छ । पोखरा प्लेअफमा पुगिसकेको छ । धनगढीले प्लेअफ खेल्न आज जित या बराबरी गर्नुपर्नेछ । हारेमा भने अरु खेलको नतिजामा भर पर्नुपर्नेछ ।

आजको दोस्रो खेलमा झापा एफसी र एफसी चितवन बेलुका ५ बजे खेल्नेछन् । चौथो स्थानमा रहेको झापाको ७ खेलमा १० अङ्क र पुछारमा रहेको चितवनको समान खेलमा ६ अङ्क छ । झापाले आजको खेल जितेमा प्लेअफमा पुग्नेछ । तर बराबरी या हारले अरु खेलको नतिजामा निर्भर हुनेछ । चितवन प्लेअफ होडबाट बाहिरिसकेको टोली हो । यी दुवै खेल दशरथ रङ्गशालामा हुनेछन् ।

हिजो भएको खेलमा विलियम ओपोकुको ह्याट्रिकमा वीरगञ्जले काठमाण्डौ रेजर्सलाई ४–१ गोलको फराकिलो अन्तरले हरायो । वीरगञ्ज ७ खेलमा ८ अङ्ककासाथ तालिकाको छैटौF र काठमाण्डौ ९ अङ्कसहित पाँचौँ स्थानमा यथावत छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash