JIN0TkF.gif
JINuGe4.gif

नेपाल सुपर लिगमा आज चितवन र इलाम भिड्दै

चितवन –  नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज दुई वटा खेल हुँदैछन् । पहिलो खेलमा दिउँसो एक बजे वीरगञ्ज युनाइटेड र पोखरा थन्डर्स तथा बेलुका पाँच बजे एफसी चितवन र इलाम स्पोर्टिङबीच खेल हुनेछ ।

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

पोखरा ५ खेलमा ८ अङ्ककासाथ तालिकाको चौथो तथा वीरगञ्ज समान खेलमा ५ अंककासाथ आठौँ स्थानमा छ । त्यस्तै, चितवन ६ खेलमा ५ अंककासाथ तालिकाको सातौँ स्थानमा र इलाम समान खेलमा ४ अंककासाथ पुछारमा छ ।

आजका दुवै खेल दशरथ रङ्गशालामा हुनेछन् । हिजो भएको खेलमा ललितपुर एफसी र झापा फुटबल क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् । ललितपुर १० अङ्कसहित तालिकाको दोस्रो स्थानमा यथावत छ ।

What’s your Reaction?
+1
47
+1
11
+1
0
+1
0
+1
4
+1
0
81025400
hulash