JIN0TkF.gif
JINuGe4.gif

नेपाल सुपर लिगमा आज चितवन र ललितपुर भिड्दै

चितवन  – नेपाल सुपर लिग फुटबलमा आज ललितपुर सिटी एफसी र एफसी चितवनबीच प्रतिस्पर्धा हुँदैछ ।

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

खेल साँझ ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ । लिगमा आज दुवै टोलीले पाँचौँ खेल खेल्दैछन् ।

आजको खेलमा ललितपुर र चितवन दोस्रो जितको खोजीमा हुनेछन् । यसअघिका चार खेलमा एकमा जित र तीनमा बराबरी गरेको ललितपुर ६ अङ्कका साथ तालिकाको तेस्रो स्थानमा रहेको छ ।

यस्तै, एकमा जित दुईमा बराबरी र एकमा हार बेहोरेको चितवन ५ अङ्कसहित पाँचौँ स्थानमा छ ।

पहिलो स्थानमा रहेको धनगढीको ८ अङ्क हुँदा दोस्रो स्थानको पोखराको पनि ८ अङ्क नै छ । पोखरा गोल अन्तरका आधारमा दोस्रो स्थानमा रहेको हो ।

What’s your Reaction?
+1
29
+1
17
+1
0
+1
0
+1
6
+1
9
81025400
hulash