JIN0TkF.gif
JINuGe4.gif

नेपाल टेलिकमको विन्टर अफर

चितवन –  नेपाल टेलिकमले विन्टर अफर २०८० ल्याएको छ । यसअन्तर्गत कम्पनीले स्टे कनेक्टेड, अल टाइम भ्वाइस प्याक, अनलिमिटेड प्याक, डेटा प्याक, सोसल मिडिया प्याक, स्टे कनेक्टेड प्याक, एसएमएस प्याक, एमटुएम प्याक लगायतका प्याकमा विभिन्न अफर ल्याएको छ ।

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

कम्पनीका अनुसार यसअघि उपलब्ध भइरहेको फोरजी डेटा अफरलाई अझै आकर्षक बनाइएको छ । यस अनुसार एक दिनको समयावधिका लागि रु. १९ मा ४०० एमबी र रु. ३३ मा १२०० एमबी डेटा उपलब्ध हुनेछ ।

त्यसैगरी सात दिनको समयावधिका लागि रु. १०९ मा ५ जीबी र २८ दिनको समयावधिका लागि रु. २९८ मा ७ जीबी डेटा उपलब्ध हुनेछ ।

स्टे कनेक्टेड प्याक अन्तर्गत पाँच दिनको समयावधिका लागि रु. १०९ मा ६ जीबी डेटा तथा रु. १३९ मा ६ जीबी डेटा र १७० मिनेट अन–नेट भ्वाइस उपलब्ध हुनेछ ।

त्यसैगरी दुई घण्टाको समयावधिका लागि रु. ३५ मा अनलिमिटेड प्याक उपलब्ध हुनेछ ।

त्यसैगरी नेपाल टेलिकम एप डाउनलोड गर्दा उपलब्ध हुने १ जीबी डेटा प्याक पनि निरन्तर रुपमा उपलब्ध हुनेछ ।

विन्टर अफर अन्तर्गतका विभिन्न प्याक प्राप्त गर्न ग्राहकले १४१५*१# डायल गर्नुपर्ने छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash