नेपाली कांग्रेसका मन्त्रीले महिनामा दुईपटक पार्टीसँग बैठक गर्ने

२ भदौं, काठमाडौं । पार्टीबाट मन्त्री बनेकाहरुसँग नेपाली कांग्रेसले महिनाको दुईपटक छलफल गर्ने भएको छ ।

केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारमा कांग्रेस सहभागी भएपछि शनिबार पहिलोपटक पार्टीबाट मन्त्री बनेकाहरुसँग छलफल गरिएको छ ।

सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा शनिबार साँझ ५ बजेदेखि राति १० बजेसम्म छलफल भएको थियो ।

बैठकमा दुई उपसभापति पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्री गगन थापा पनि पार्टीबाट सहभागी थिए । देउवा निवासमा कांग्रेसबाट मन्त्री र राज्यमन्त्री सबै पुगेका थिए ।

अहिलेको सरकारमा दुई राज्यमन्त्री सहित कांग्रेसका १२ मन्त्री छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *