JIN0TkF.gif
JINuGe4.gif

नेपालगञ्जबाट काठमाण्डौको लागि छुटेको रात्रि बस दुर्घटना हुँदा १२ जनाको मृत्यु

चितवन –  नेपालगञ्जबाट काठमाण्डौको लागि छुटेको रात्रि बस गएराति दाङको भालुवाङमा पल्टिँदा १२ जनाको ज्यान गएको छ ।

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

भे १ ख ३९१२ नम्बरको बस गएराति राप्ती पुलबाट खसेर पल्टिएकोे इलाका प्रहरी कार्यालय भालुवाङ देउखुरीले जनाएको छ । बस पल्टिँदा अरु २३ जना यात्रु घाइते भएका छन् ।

ज्यान गुमाउनेहरुको पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक उज्ज्वल सिंहले बताउनुभयो । शवलाई लमहीको अस्पतालमा पठाइएको छ । २३ जना घाइतेलाई उपचारका लागि बुटवल र नेपालगञ्ज पठाइएको पनि प्रहरीले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
37
+1
0
+1
0
+1
0
81025400
hulash