JIN0TkF.gif
JINuGe4.gif

निर्माणाधीन पुल भत्किँदा १७ जना कामदारको मृत्यु

दिल्ली– भारतको मिजोरमको आइजल जिल्लामा बुधबार बिहान निर्माणाधीन रेलवे पुल भत्किँदा कम्तीमा १७ जना कामदारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

प्रहरी अधिकारीहरूका अनुसार यो घटना मिजोरमको राजधानी आइजलबाट करिब २० किलोमिटर पर अवस्थित सैराङ क्षेत्रमा भएको हो । पूर्वोत्तर रेलवेका प्रमुख जनसम्पर्क अधिकृत सब्यसाची डेले रेलवे अधिकारीहरूको एउटा टोली घटनास्थलमा पुगेको थियाे । दुर्घटनामा घाइते भएकाहरूका पूर्ण विवरण प्राप्त भईनसकेको बताइएको छ ।

यसैबीच, घटनास्थलमा खोज तथा उद्धार जारी रहेको जनाउँदै प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालयले मृतकका परिवारलाई रु दुई लाख क्षतिपूर्ति दिइने जनाएको छ ।

प्रधानमन्त्री मोदीले दुर्घटनाको खबरबाट आफू मर्माहत भएको उल्लेख गर्दै शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash