JIN0TkF.gif
JINuGe4.gif

नारायणी किनारमा बुधबार देखि चितवन नारायणी महोत्सव सुरू

भरतपुर चितवन –  चितवनको नारायणी नदीकिनारमा बुधबारदेखि चितवन नारायणी महोत्सव सुरू भएको छ ।

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

रिकभरिङ युनाइटेड प्रालि र औद्योगिक शान्ति नेपालको संयुक्त आयोजनामा मंसिर ६ गतेदेखि १६ गतेसम्म सञ्चालन हुने महोत्सवको जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले उद्घाटन गरेका हुन् । महोत्सवको उद्घाटन गर्नुअघि शोभायात्रा निकालिएको थियो ।

महोत्सवको उद्घाटन गर्दै जिसस प्रमुख अधिकारीले लागूऔषध प्रयोगकर्ताको निःशुल्क उपचार गर्ने उद्देश्य लिएर आयोजित महोत्सवलाई सबैले सफल बनाउनुपर्ने बताए । लागूऔषध दुव्र्यसनी सबैको घर–घरको समस्या भएको भन्दै उनले युवाहरुलाई लागूऔषध दलदलमा फस्नै दिन नहुने बताए । युवाहरु कुलतमा फसे विकास निर्माणका कामहरु पनि प्रभावित हुने भन्दै उनले जिल्लास्थित सबै दल र पालिकाले यसको अपनत्व लिनुपर्ने बताए ।

रिकभरिङ युनाइटेड प्रालिका संस्थापक मनोज घिमिरेले समाजमा लागेको लागूऔषधको डढेलो नियन्त्रणका लागि आर्थिक संकलन गर्ने उद्देश्यले महोत्सव गरिएको बताए । लागूऔषधको दलदलमा फसेका बालबालिकालाई उद्धार गर्नका लागि महोत्सव गरिएकाले सबैको साथ र सहयोग आवश्यक पर्ने उनले बताए ।

रिकभरिङ युनाइटेड प्रालिका अध्यक्ष रविन श्रेष्ठका अनुसार महोत्सव अवलोकनका लागि विद्यार्थीलाई ५० रूपैयाँ र अन्यलाई ७० रूपैयाँको टिकटको व्यवस्था गरिएको छ । महोत्सवमा २८० वटा स्टलहरु रहेका छन् भने दैनिक पाँचभन्दा बढी कलाकारले प्रस्तुति दिने उनले बताए । महोत्सवको उद्घाटन कार्यक्रममा जिल्लाका राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिलगायतको उपस्थिति थियो ।

What’s your Reaction?
+1
0
+1
19
+1
1
+1
2
+1
9
+1
5
81025400
hulash