JIN0TkF.gif
JINuGe4.gif

नारायणीको पुलबाट हाम फालेर ३ जनाको मृत्यु

भरतपुर चितवन –  चितवनको नारायणी नदी पुलबाट हाम फालेका एक पुरुषको मृत्यु भएको छ । बिहिबार दिउसो परिचय नखुलेका अन्दाजी ५०र५५ बर्षका पुरुषले नारायणीको पुलबाट हाम फालेका थिए । स्थानियले देखेपछि उनलाई उद्धार गरिएको थियो ।

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

वडा प्रहरी कार्यालबाट खटिएको विपद् उद्धार टोलीले उद्धार गरेर उपचारका लागि भरतपुर अस्पताल पठाएकोमा उपचारका क्रममा साँझ ४ः३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । पुरुषको अझै पहिचान खुलेको छैन ।

यस्तै शुक्रबार दिउसो धनुषा जनकपुर उपमहानगरपालिका घर भई हाल भरतपुर महानगरपालिका १० बस्दै आएकी ३१ वर्षीय संगिता शाहले पुलबाट हाम फालेकी थिइन । उनको पनि मृत्यु भएको छ । सोमबार बिहान पनि पहिचान नखुलेकी अन्दाजी ४० वर्षीय महिलाले पुलबाट हाम फाल्दा मृत्यु भएको थियो ।

What’s your Reaction?
+1
157
+1
0
+1
121
+1
0
+1
0
+1
0
81025400
hulash