JIN0TkF.gif
JINuGe4.gif

नारायणगढ– बुटवल सडक नबनाउनेलाई धुलो चटाउने- रास्वपा

चितवन –  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नारायणगढ– बुटवल सडक नबनाउनेलाई रास्वपाले धुलो चटाउने उद्घोष गरेका छन् ।

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

बुधबार नारायणगढ– बुटवल सडकको स्तरोन्ती समयमा नै सम्पन्न गर्न माग गर्दै दबाबयात्राको क्रममा बुटवाल पुगेका रास्वपाका सभापति लामिछानेले नारायणगढ– बुटवल सडक नबनाउनेलाई धुलो चटाउने बताएका हुन् । तीन दिन हिँडेर बुटवल पुगेका लामिछानले सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

उनले कानुनी अड्चनमात्रै बाधक नबनेको बताउँदै उनले भने, “ठेकेदारलाई पैसा दिइएको छैन । काम गरेको पैसा सरकारले दिएको छैन । के कारणले निर्माण व्यवसायीलाई रकम भुक्तानी दिइएन ।”

उनले एक सय १३ किमि यात्रामा देखिएका समस्या एक एक गरेर उठाउने र गल्ती गर्नेलाई रास्वपाले धुलो चटाउने बताए । “जसले गल्ती गरेको हो,” उनले भने, “सडक नबनाउनेलाई रास्वपाले धुलो चटाउनेछ ।”

What’s your Reaction?
+1
49
+1
21
+1
0
+1
32
+1
8
+1
0
81025400
hulash