नवलपरासी – इलाका प्रहरी कार्यालय अमानिगन्जबाट खटिएको प्रहरी टोलीले पाल्हीनन्दन गाउँपालिका वडा नं–२ बाट अदालतबाट विभिन्न मुद्दामा जरिवाना फैसला भई फरार रहेका नौ जना प्रतिवादीलाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेहरुमा कुटपिट मुद्दामा फरार रहेका पाल्हीनन्दन गाउँपालिका वडा नं–२ का असपतिदेवी केवट, सनोजकुमार केवट, शोभावती केवट, कुश्मावती केवट, केवली केवट, अमरनाथ केवट र सोना केवट रहेका छन् भने अंशबण्डा मुद्दाका राजाराम केवट र ठगनी केवट रहेका छन् ।
फरार सबै प्रतिवादीलाई नियन्त्रणमा लिई कारबाहीको लागि जिल्ला अदालत परासी पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1