JIN0TkF.gif
JINuGe4.gif

नग्न तस्वीरमा नाबालिकाको टाउको जोडी आफन्तलाई पठाउने युवक पक्राउ

चितवन  –  सामाजिक सञ्जालमा नाबालिकाको तस्वीरको दुरुपयोग गरी चरित्रहत्या गरेको आरोपमा एक किशोर पक्राउ परेका छन् ।

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

साइबर ब्यूरोबाट खटिएको प्रहरी टोलीले नक्कली फेसबुक आईडी बनाएर चरित्रहत्या गरेको आरोपमा सङ्खुवासभा चैनपुर स्थायी घर भई हाल ललितपुर इमाडोल बस्दै आएका १८ वर्षीय अनिश भट्टराईलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार आरोपी किशाेरले सबैभन्दा पहिले नाबालिकाकाे नाममा नक्कली आईडी बनाई अश्लील तस्वीरमा नाबालिकाको टाउकाे जाेडी अपलाेड गरेका थिए । त्यसपछि पीडित नाबालिकाको आफन्त तथा साथीहरूलाई उक्त तस्वीर पठाएर अश्लील कमेन्टसमेत लेखेर चरित्रहत्या गरे ।

यसपछि पीडित पक्षले अनुसन्धान तथा कारवाहीको साइबर ब्यूरोमा लागि निवेदन दिएको थियो । त्यसैको आधारमा अनुसन्धान तथा प्राविधिक विश्लेषण गर्दा भट्टराई पक्राउ परेका हुन् ।

भट्टराईमाथि थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

What’s your Reaction?
+1
24
+1
4
+1
3
+1
4
+1
1
+1
1
81025400
hulash