JIN0TkF.gif
JINuGe4.gif

नगरप्रहरीमाथि आक्रमण गर्नेहरु फुटपाथ ब्यापारी नभई एमाले कार्यकर्ता हुन् : बालेन शाह

चितवन –  काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ ले गएको बुधबार साँझ सुन्धारामा एमाले कार्यकर्ताले नगरप्रहरीमाथि आक्रमण गरेको आरोप लगाएका छन् ।

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

शनिबार साँझ सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत उनले बुधबारको घटनाबारे स्पष्टीकरण दिँदै नगर प्रहरीले कसैलाई आक्रमण नगरी आत्मरक्षा मात्रै गरेको दाबी गरे । नगर प्रहरीमाथि स्टील र फलामका रडले आक्रमण भएपछि प्रतिकार गरेको उनले उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ‘नगरप्रहरीमाथि आक्रमण गर्नेहरु फुटपाथ ब्यापारी नभई एमाले कार्यकर्ता हुन् । उनीहरुले पहिले स्टील र फलामका रडले आक्रमण गरेपछि नगरप्रहरीले प्रतिकार गरेको हो ।’

बालेनले सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडिओ आधा मात्रै भएको र नगरप्रहरीमाथि आक्रमण गरिएको भिडियो नआएको बताएका छन् । भिडियोमा देखिएका अधिकाशं व्यक्तिहरु एमाले कार्यकर्ता भएको बालेनको दाबी छ ।

गत बुधबार साँझ फुटपाथ व्यवासायीले सुन्धारामा पसल राख्न खोजेपछि महानगर प्रहरीले हस्तक्षेप गर्दा झडप भएको थियो । झडपमा केही फुटपाथ व्यपारी र नगरप्रहरी घाइते भएका थिए ।

 

What’s your Reaction?
+1
24
+1
3
+1
11
+1
0
+1
0
+1
0
81025400
hulash