JIN0TkF.gif
JINuGe4.gif

नक्कली नोटको भिडिओ देखाएर ठगी गरेको आरोपमा एक युवक पक्राउ

चितवन –  नक्कली नोटको भिडिओ देखाएर ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले सिन्धुपाल्चोक चौतारा साँगाचोक गढी घर भई स्वयम्भू बस्ने वर्ष २६ वर्षीय कुमार लामालाई बुधवार पक्राउ गरेको हो ।

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

प्रहरीका अनुसार आरोपी लामाले पुस १६ गते सल्यान घर भई दाङ तुल्सीपुर बस्दै आएका सुरेन्द्र वलीलाई पैसा डबल बनाइदिन्छु भन्दै नक्कली पैसाको भिडिओ देखाएका थिए ।

पीडित वलीलाई प्रलोभन देखाएर आरोपित लामाले उनीसँग रहेको सात लाख रुपैयाँ  लिएर उनलाई १० मिनेट पर्खिन भने । तर पैसा पाउनासाथ उनी फरार भए ।पैसा दोब्बर बनाइदिन्छु भन्दै फरार भएको उल्लेख छ ।

लामा फरार भएपछि पीडितले जिल्ला प्रहरी परिसर काठमाडौंमा सम्पर्क गरे । सोही कार्यालयबाट खटिएको प्रहरी टोलीले  लामालाई पक्राउ गरेको हो । उनलाई परिसरमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash