JIN0TkF.gif
JINuGe4.gif

नक्कली कागजात बनाएर भिजिट भिसामा बिदेश पठाउने गिरोह पक्राउ

चितवन –  नेपाल प्रहरीले नक्कली कागजात बनाएर भिजिट भिसामा नेपालीलाई विदेश पठाउने गिरोहमा संलग्न रहेको आरोपमा १० जनालाई पक्राउ गरी  आइतवार सार्वजनिक गरेको छ ।

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

उपत्यका अपराध अनुसन्धान कार्यालयले नक्कली कागजात बनाएर भिजिट भिसामा नेपालीलाई विदेश पठाउने गिरोहमा संलग्न रहेको आरोपमा काठमाण्डौका विभिन्न ठाउँबाट नौ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा कार्यालयका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० सोमेन्द्रसिंह राठौरले नक्कली प्रहरी रिपोर्ट, नक्कली श्रम स्वीकृति, ुप्लस टुु को नक्कली सर्टिफिकेट, नक्कली नाता प्रमाणित प्रतिलिपि प्रतिवेदनका आधारमा अनुसन्धानबाट १० जना पक्राउ परेका जानकारी दिनुभयो । उहाँले नवलपुरको मध्यविन्दु नगरपालिका घर भएका जयराम श्रेष्ठले नक्कली कागजात बनाउने काम गरेको बताउनुभयो ।

पक्राउ पर्नेहरूमा श्रेष्ठसहित गोर्खाका भक्तबहादुर थापा, विपिन ढकाल, अजित फेवाली, उदयपुरकाका आशिष श्रेष्ठ, काभ्रेपलाञ्चोकका जीवनराम तामाङ, काठमाण्डौका साईरस विशंखे, दीपक केसी र सल्यानका बलबहादुर रहेका छन् । एसएसपी राठौरले अनुसन्धानका क्रममा एक जना प्रहरी उदयपुरका ३० वर्षीय आशिष श्रेष्ठलाई पनि पक्राउ गरी अनुसन्धानको दायरामा ल्याएको बताउनुभयो । गिरोहले भिजिट भिषामा नक्कली कागजातमा पठाउने विषयमा कतिपय मानिसलाई थाहासमेत नभएको उहाँको भनाइ छ ।

प्रहरीले उनीहरूको साथबाट दुई सय ९६ वटा नक्कली कागजात बरामद गरेको छ । पक्राउ परेका दीपक केसीले भक्तबहादुर थापालाई ह्वाट्सएपमार्फत विभिन्न व्यक्तिहरूबाट सङ्कलन गरेको राहदानीको फोटो खिची विभिन्न नक्कली कागजात बनाउन ुअर्डरु दिने र प्रतिव्यक्ति १० हजार रुपैयाँ लिने गरेको अनुसन्धानबाट खुलेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash