JIN0TkF.gif
JINuGe4.gif

त्रिभुवन विमानस्थलबाट १४ किलाे सुनसहित २ जना पक्राउ

चितवन –  त्रिभुवन विमानस्थल भन्सार कार्यालयले विमानस्थलबाट १४ किलो सुनसहित २ जनालाई पक्राउ गरेको छ । कार्यालयको टोलीले गए राति फ्लाई दुबईको उडान नम्बर एफजेड–५७३ बाट आएका गोरखाका मीनबहादुर घले र अर्का एक जनालाई पक्राउ गरेको हो ।

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

कार्यालयका भन्सार अधिकृत रमेश कुँवरले घलेले छातीको दायाँबायाँ कपडामा बेरेर लुकाइछिपाइ ल्याएको ७ थान बिस्कुट आकारको १४ किलो सुन (सुनजस्तो देखिने पहेलो धातु) पक्राउ गरेको जानकारी दिनुभयो ।

काठमाण्डाै उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले घलेकाे सूचनाका आधारमा थप १ जनालाई पक्राउ गरिएको बताउनुभयो । पक्राउ परेका घलेलाई निकासी पैठारी नियन्त्रण ऐन २०१३ र भन्सार ऐन २०६४ अन्तर्गत भन्सार महसुल छली तथा चोरी पैठारी कसुर गरेकाले थप अनुसन्धानका लागि कार्यालय खुलेसँगै त्रिभुवन विमानस्थल कार्यालय गौचरनमा बुझाउने गरी प्रहरी प्रभाग कोटेश्वरको जिम्मा लगाएको छ ।

घटनाकाे बारेमा थप अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले बताउनुभयो ।

What’s your Reaction?
+1
29
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash