JIN0TkF.gif
JINuGe4.gif

तिम्रो गन्तव्य र विचार के हो ? रविलाई शान्ताको प्रश्न

काठमाडौं –   नेकपा (एमाले) की नेतृ शान्ता चौधरीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामीछानेलाई महिलालाइ नहेप्न चेतावनी दिएकी छिन् । चौधरीले महिलाले पनि गाडी चलाउने र प्लेन उडाउने भन्दै महिलालाइ नहेप्न चेतावनी दिएकी हुन् ।

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

रास्वपा सभापति लामिछमनेले बुधबार चितवनमा महिलाहरुका लागि निशुल्क बस सेवा संचालन गरेका थिए । सोहि विषयमा चौधरीले टिप्पणि गरेकी हुन् । उनले महिलालाइ आत्मनिर्भर बन्न सक्ने नीति बनाउन र रोजगार दिन सक्ने योजना ल्याउन समेत लामिछानेलाइ सुझाव दिएकी छिन् । उनले लामिछानेको विचार र गन्तव्यमाथि प्रश्न उठाएकी छिन् ।

चौधरीले सामाजिक संजालमा लेखेकी छिन् :-

महिलालाइ नहेप ।
गाडी चलाउँछन, प्लेन उडाउँछन । महिलालाइ आत्मनिर्भर बन्न सक्ने नीति बनाउ, रोजगार दिन सक्ने योजना लेउ । स्टन्टको राजनीति धेरै नगर, एउटा गाडीको भाडा निशुल्क त्यही पनि एउटा जिल्लामा । परिवर्तनको आभास दिने भिजन अगाडि बढाउ, तिम्रो गन्तव्य के हो अनि बिचार के हो सार्वजनिक गर, त्यसैमा हामी पनि बहसमा भाग लिउँला ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash