JIN0TkF.gif
JINuGe4.gif

ड्युटीमा रहेका प्रहरीमाथि धारिलो हतियार प्रहार

चितवन –  इलाका प्रहरी कार्यालय झिलझिलेका इञ्चार्ज एवं प्रहरी निरीक्षक युवराज कटुवाल एक युवकको धारिलो हतियार प्रहारबाट घाइते हुनुभएको छ ।  पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको झरना खोला नजिक हिजो बेलुका नियमित गाडी जाँचका क्रममा उहाँमाथि धारिलो हतियार प्रहार भएको हो ।

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

तीन जना युवा चढेको मोटरसाइकललाई रोकेर नियन्त्रणमा लिने क्रममा एक युवाले बञ्चरो प्रहार गर्दा कटुवालको टाउको र हातमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक कटुवाल र अर्का एक जना प्रहरी गाडी जाँचमा खटिनु भएको थियो । उहाँको बिर्तामोडको बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले आक्रमणमा संलग्नसहित तीनै जना युवालाई नियन्त्रणमा लिएको छ । आक्रमणमा संलग्न युवाहरुले जाँडरक्सी खाएर मोटरसाइकल चलाएका प्रहरीले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash