JIN0TkF.gif
JINuGe4.gif

ट्राभल एजेन्सीको सिस्टम ह्याक गरी २ करोड रुपैयाँ ठगी गर्ने युवक पक्राउ

चितवन  – ट्राभल्स कम्पनीको युजर आईडी सिस्टम ह्याक गरी झन्डै दुई करोड रुपैयाँ ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी टोलीले ठगी गरेको आरोपमा स्याङ्जा घर भई हाल काठमाडौं सामाखुसी बस्दै आएका मर्स्याङ्गदी ट्राभल्सका व्यवस्थापक (मेनेजर)  ३३ वर्षीय नारायण सुवेदीलाई मङ्गलबार पक्राउ गरेको हो ।

ब्युरोका अनुसार आरोपित सुवेदीले कार्तिक १८ गतेदेखि मंसिर २ गतेको अवधीमा बालुवाटार काठमाडौंमा रहेको जियोल्यान्ड ट्राभल्स एण्ड टुर्स प्रालिको युजर आईडी पोर्टल ह्याक गरेका थिए । ह्याक गरिसकेपछि जजिरा एयरलाइन्स र एयर अरेबिया एयरलाइन्सका ३ सय ३७ जना व्यक्तिको नाममा टिकेट बनाएका थिए ।

उनले सो टिकेट वापत एक करोड ९९ लाख ८२ हजार ९८४ रुपैयाँ बराबरको रकम यात्रीबाट लिएको ब्युरोले जनाएको छ । यसरी युजर आईडी पोर्टल ह्याक गरेर रकम लिएपछि जियोल्यान्ड ट्राभल्सले ठगी भएको भन्दै जाहेरी दिएको थियो ।

अनुसन्धान गर्दै गएपछि सुवेदीको संलग्नता भएको भेटिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । उनीमाथि हाल थप अनुसन्धान भइरहेको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

What’s your Reaction?
+1
10
+1
9
+1
0
+1
5
+1
1
+1
0
81025400
hulash