JIN0TkF.gif
JINuGe4.gif

ट्याक्टर पल्टिँदा २ जनाको मृत्यु

चितवन –  सर्लाहीको गोडैता – ८ सिसौटियामा ट्याक्टर पल्टिँदा दुई जनाको ज्यान गएको छ । त्यस्तै दुई जना घाइते भएका छन् । बिहीवार राति बाँस बोकेको ना ५ त ६१६२ नम्बरको ट्याक्टर सडक छेउमा अनियन्त्रित भएर पल्टिँदा ट्याक्टर चालक गोडैता नगरपालिका – ७ का ४० वर्षीय अखिलेश्वर पटेल र अर्का गोडैता नगरपालिका – ८ का २८ वर्षीय शंकर पटेलको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ।

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

त्यसैगरी बाँस लोड गरेर त्यही ट्याक्टरमा चढेका मजदुर गोडैता नगरपालिका – ८ का २० वर्षीय  रुपेश महतो र रौतहट परोहा नगरपालिका – ८ का २४ वर्षीय  जयप्रकाश पटेल घाइते हुनुभएको छ । उहाँहरुको प्रादेशिक अस्पताल मलंगवा र वीरगञ्जमा उपचार भइरहेको छ। दुर्घटनामा ज्यान गुमाएका दुवै जनाको  शव पोष्टमाटमको लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash