राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले गौरा पर्वको अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रममा हो–हल्ला गरेको आरोपमा पक्राउ परेका युवाहरूलाई रिहा गर्न माग गरेका छन्।
बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले युवाहरूको विरोधलाई अराजक शैली भन्दै पक्राउ गरिनु गलत भएको बताए। सरकारले युवाका विरोधका बोली सुन्नुपर्ने पनि उनले बताए।
युवाहरूले सिंहदरबारमा बस्नेहरूलाई खबरदारी गरेको पनि उनले बताए।
‘रोजगारीबाट बञ्चित बनाइएका ति युवाहरूले सिंहदरबार भित्रका बेइमानहरुलाई खबरदारी गर्दैगर्दा यसरी समाउन पाइदैनँ। ति युवाहरूको तत्काल रिहाको माग गर्न चाहन्छु,’ उनले भने।
युवाहरूको समूहले प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध नाराबाजी गरेका थिए।