चितवन – पाल्पामा गएराति टिपर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन्।
गुल्मीबाट पाल्पाका लागि छुटेको रा १ ख २४०४ नम्बरको टिपर सडकबाट खस्दा रिब्दीकोट गाउँपालिका-३ का विष्णु ढकालको ज्यान गएको हो
दुर्घटनामा दाङको घोराही उपमहानगरपालिका-१२ का यमराज पुन र त्रिवेणी गाउँपालिका-५ रोल्पाका हिमाल घर्ती घाइते हुनुभएको छ । घाइते दुवै जनाको तानसेनको युनाइटेड मिसन अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार टिपर आफैँ ब्याक हुँदा दुर्घटना भएको हो । टिपरका चालक घोराही उपमहानगरपालिकाका अजय चौधरीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1