JIN0TkF.gif
JINuGe4.gif

टिकटकका लागि फ्रि भीपीएन र ओपन डीएनएस प्रयोग नगर्न सरकारको आग्रह

चितवन –  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले टिकटक चलाउन फ्रि भीपीएन र ओपन डीएनएस प्रयोग नगर्न आग्रह गरेको छ । मङ्गलवार एक प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले व्यक्तिगत डेटा चोरी हुने, मालवेयर आउने, गोपनीयता सुरक्षित नहुने, ईमेल अकाउन्ट ह्याक हुने, इन्टरनेट स्पिड घट्ने, बैंक खाताबाट पैसा चोरी हुने, कसैको ब्ल्याकमेलमा परिने जस्ता जोखिम रहेको दाबी गर्दै यस्तो आग्रह गरेको हो ।

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

नेपालमा लोकप्रिय सामाजिक सञ्जालको रूपमा रहेको टिकटकले सामाजिक सद्‌भाव र सामाजिक वातावरणमा नकारात्मक असर पारिरहेको भन्दै सरकारले २७ कात्तिको मन्त्रीपरिषद् निर्णयबाट त्यसमाथि रोक लाएको थियो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले टिकटकमाथि रोक लगाउने विषयमा आवश्यक व्यवस्था मिलाउने जिम्मेवारी पाएको छ भने नेपाल दूरसञ्चार प्राधिकरणले उक्त निर्णय कार्यान्वयन गर्दै आएको छ ।

विज्ञप्तिमार्फत मन्त्रालयले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णयको जनस्तरबाट व्यापक समर्थन भइरहेको दाबी समेत गरेको छ । “नेपाली समाज, पारिवारिक एकता र सामाजिक सद्‌भावमा आधारित समाज हो,” मन्त्रालयले भनेको छ, “”हाम्रा सबै नियम, कानून र निर्णयहरू पारिवारिक एकता र सामाजिक सद्‌भाव कायम गर्ने मूल मान्यतामा आधारित हुने भएकाले यसको संरक्षण र कार्यान्वयन गर्नु सरकारको दायित्व हो ।”

नागरिकको सुरक्षा सरकारको अर्को महत्त्वपूर्ण दायित्व भएको उल्लेख गर्दै विज्ञप्तिमा नागरिकको गोपनीयता संरक्षण गर्दै राष्ट्रिय सार्वभौमिकताको रक्षा गर्नुका साथै साइबर अपराधका घटना न्यून गर्दै नागरिकको जिउधनको सुरक्षा कायम गर्नुपर्ने अभिभारा समेत रहेको भनिएको छ ।

“समाज र खासगरी नयाँ पुस्तालाई कस्तो बाटोमा अघि बढाउने भन्ने पनि अहम् सवाल हो,” मन्त्रालयले अगाडि भनेको छ, “समाजमा देखिन थालेको विषाक्त मनोविज्ञान र मानव स्वास्थ्यमा देखिन थालेका नकारात्मक असरप्रति सबै गम्भीर र संवेदनशील हुन आवश्यक भइसकेको छ ।”

मन्त्रालयका अनुसार संविधान प्रदत्त मौलिक हकको संरक्षण गर्नु सरकारको आधारभूत दायित्व हुने र त्यस अन्तर्गत सूचनाको हक, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हक र सञ्चारको हक प्रत्याभूत गर्न सरकार दृढ संकल्पित रहेको छ ।

सत्य सूचनाको सही सम्प्रेषणले मात्रै संविधानका मौलिक हकको संरक्षण र कार्यान्वयन गर्न सहज हुने यथार्थ प्रति गम्भीर बन्दै गलत र भ्रामक सूचनालाई निरुत्साहित गर्नु पनि सरकारको दायत्व हो ।

“सामाजिक सद्‌भाव र नागरिक सुरक्षालाई ध्यानमा राखेर इन्टरनेट सेवा प्रदायकले डीएनएस र आईपी एड्रेसमार्फत टिकटकको वेबसाइट बन्द गरे पनि कतिपय प्रयोगकर्ताले फ्रि भीपीएन र ओपन डीएनएस मार्फत टिकटक चलाउने गरेको पाइएको छ,” मन्त्रालयले भनेको छ ।

What’s your Reaction?
+1
19
+1
23
+1
57
+1
46
+1
6
+1
12
81025400
hulash