JIN0TkF.gif
JINuGe4.gif

जापानमा गएकाे भुकम्पमा परि २० को मृत्यु

चितवन –  जापानमा गएकाे शक्तिशाली भूकम्पमा परि ज्यान गुमाउनेकाे सङ्ख्या २० पुगेकाे छ ।

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

मध्य जापान र वरपरका क्षेत्र भएर साेमवार गएकाे ७ दशमलव ६ रेक्टरस्केलकाे भूकम्पमा परि २० जनाकाे ज्यान गएकाे समाचार संस्था राेयटर्सले जनाएकाे छ । जापानका प्रधानमन्त्री फुमियो किशिदाले भूकम्पबाट प्रभावितहरुकाे निरन्तर उद्धारकाे काम भइरहेकाे जानकारी दिनुभएकाे छ ।

याे भूकम्प गएपछि ठूलो सुनामी जान सक्ने चेतावनी समेत  दिइएको थियो । सुनामीको त्रासमा इशिकावाको तटीय क्षेत्रका बासिन्दाले विस्थापन केन्द्रमा रात बिताएका छन् ।  त्यहाँ ५ मिटरसम्म अग्ला छालहरू आउन सक्ने सक्ने चेतावनी जारी भएको जापानको राष्ट्रिय प्रसारक एनएचकेले जनाएको छ । भूकम्पपछि जापानमा १ सय ५५ वटा परकम्प गएका छन् ।

प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित ठाउँमा राखेर  जापानी सेनाले  खाना, पानी र कम्बललगायतका सामग्रीहरू वितरण गरिरहेको छ । यसैबीच अमेरीकी राष्ट्रपति जो बाइडेनले जापानलाई आवश्यक पर्ने जस्तोसुकै सहयोग गर्न तयार रहेको बताउनुभएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash