JIN0TkF.gif
JINuGe4.gif

जङ्गली च्याउ खाँदा १ बालिकाको मृत्यु

बझाङ –   बझाङमा जङ्गली च्याउ खाँदा एक बालिकाको मृत्यु भएको छ भने एक जनाको अवस्था गम्भीर रहेको छ।

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

जिल्लाको जयपृथ्वी नगरपालिका–६ नौरामा जङ्गली विषालु च्याउ खाँदा स्थानीय सात वर्षिया सञ्जिला कठाएतको मृत्यृ भएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ। बुधबार बेलुका जङ्गली च्याउको तरकारी खाँदा स्थानिय लक्ष्मण कठाएतका श्रीमती एक छोरा र एक छोरी सहित तिन जना गम्भिर बिरामि भएका थिए।

गम्भिर बिरामि भएकि सञ्जिलालाई बुधबार राती नै उपचारको लागि जिल्ला अस्पताल ल्याइएको थियो। उनको जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि डडेल्धुरा रिफर गरिएकोमा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ। १२ वर्षिय सुदिपको उपचार जिल्ला अस्पतालमा सम्भब नभएपछि थप उपचारको लागि धनगढी रिफर गरिएको जिल्ला अस्पताल बझाङले जनाएको छ। आमा पुनी कठाएतको अवस्था सामान्य भएकोले जिल्ला अस्पतालमै उपचार भैरहेको छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash