झापा – झापामा जङ्गली हात्तीको आक्रमणबाट एक भुटानी शरणार्थीको मृत्यु भएको छ ।
दमक नगरपालिका- ३ स्थित बेलडाँगी शरणार्थी शिविर सेक्टर नम्बर बी टु, हट नम्बर २५२ मा बस्ने ७२ वर्षीय पदमलाल तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।
तामाङ हम्सेदुम्से सामुदायिक वनभित्र साइकल चढेर दाउरा काट्न गएका थिए । हिजो बेलुकासम्म घर नफर्किएपछि आफन्तले खोजी गर्दै जाँदा उक्त वनभित्र हात्तीले किचेर मारेको अवस्थामा तामाङ मंगलबार राती ९ बजे मृत फेला परेको हुन् ।
प्रहरी चौकी बाघखोरबाट खटिएको प्रहरी टोलीले राति १०:५५ बजे कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमको लागि दमक अस्पताल पठाएको प्रहरीले जनाएको छ ।
What’s your Reaction?
+1
+1
2
+1
19
+1
1
+1
+1