JIN0TkF.gif
JINuGe4.gif

चितवन र बुटवलकाे बराबरी

चितवन  –  नेपाल सुपर लिग मा चितवन एफसी र बुटवल लुम्बिनी एफसीले राेमाञ्चक बराबरी खेलेका छन् ।

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

हिजो बिहीवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे खेलमा चितवन र बुटवलले १–१ गाेलकाे बराबरी खेल्दै अङ्क बाँडे । दुवै गाेल दाेस्राे हाफमा भएकाे हाे । खेलकाे ४८ औँ मिनेटमा उत्सव राईले गाेल गर्दै चितवनलाई अग्रता दिलाएका थिए । तर खेलकाे ९० औँ मिनेटमा बुटवलका स्टेफाने बिनाेङले गाेल गर्दै खेल १–१ काे बराबरीमा ल्याए ।

याे बराबरीसँगै चितवन ४ खेलमा ५ अङ्कसहित तालिकाकाे पाँचाैँ स्थानमा छ । बुटवल उति नै खेलमा ४ अङ्कसहित छैटाैँ स्थानमा उक्लिएकाे छ ।

एनएसएलमा आज शुक्रवार वीरगञ्ज युनाइटेड एफसी र झापा एफसीबीच खेल हुनेछ । खेल बेलुकी ५ बजे दशरथ रङ्गशालामा शुरु हुनेछ ।

What’s your Reaction?
+1
29
+1
12
+1
4
+1
0
+1
2
+1
0
81025400
hulash