चितवन – चितवनमा बुधबार दुई जनाको शव फेला परेको छ । बुधबार बेलुकी ४ बजेको समयमा भरतपुर महानगरपालिका–१७ गाजिपुरमा अन्दाजी ३६ वर्षीय पुरुषको शव फेला परेको हो ।
शवको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । शवको पोष्टमार्टमको लागि भरतपुर अस्पताल पठाइएको उनले बताए ।
त्यस्तै, बुधबार बिहान ९ बजे राप्ती नगरपालिका–१२ नेटाराङमा ४८ वर्षीय धनकाजी प्रजाको शव फेला परेको छ । मंगलबार बिहान ११ बजे घरबाट हिँडेका प्रजाको चितवन र मकवानपुरको सिमाना रेवती लोथर खोलामा शव फेला परेको प्रहरीले जनाएको छ ।
उक्त शवको पनि पोष्टमार्टमका लागि भरतपुर अस्पताल पठाइएको छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1