JIN0TkF.gif
JINuGe4.gif

चितवनमा राष्ट्रियस्तरको “नेपाल फेसन रन वे” सम्पन्न

चितवन –  चितवन मा पहिलो पटक राष्ट्रियस्तरको ग्राण्ड फेसन शो “नेपाल फेसन रनवे” सम्पन्न भएको छ।

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

चितवनको भरस्तपुरस्थित टप वान मिडिया प्रा. लि. को आयोजनामा राष्ट्रियस्तरको “फेशन” शो शुक्रबार रोज गार्डेन पार्टी प्यालेसमा सम्पन्न भएको हो ।

करिब ३ घण्टा चलेको ‘रन वे’ मा ३५ जना मोडलहरु सहभागी थिए । जुनियर, सिनियर र प्लस साइज गरी तीन फरक फरक वर्गमा मोडलहरु सहभागी भएको टप वान मिडियाका प्रवन्ध निर्देशक तथा कोरियोग्राफर रवि सापकोटाले जानकारी दिए ।

विभिन्न फेसन डिजाइनरले बनाएका लुउगाहरु मोडलहरुले पहिरिएर ” नेपाल फेसन रनवे” मा प्रस्तुत गरेका थिए

सोही कार्यक्रममार्फत नै टप वान मिडियाले आगामी दुई कार्यक्रम पनि घोषणा गरेको छ । २०२५ मा आयोजना हुने गरी ब्युटी हन्ट नेपाल र बेस्ट फेशन रन वे २०२५ घोषणा गरिएको हो ।

टप वान मिडियाले हालै मात्र मिस ब्युटी अफ चितवन सिजन ३ सम्पन्न गरेको थियो । उक्त मिडियाले लामो समयदेखि यस किसिमका कार्यक्रमहरु गर्दै आएको छ ।

What’s your Reaction?
+1
146
+1
85
+1
0
+1
2
+1
41
+1
0
81025400
hulash