चितवन – खैरहनी नगरपालिकाको घोग्रेलामा बाघको आक्रमणबाट एक जनाको ज्यान गएको छ । आक्रमणबाट ज्यान गुमाएका व्यक्तिको पहिचान भने हुन सकेको छैन ।
कुमरोज मध्यवर्ती सामुदायिक वनका कोषाध्यक्ष उज्ज्वल बर्तौलाका अनुसार बाघले मान्छेलाई आक्रमण गरेर मारेको भए पनि परिचय खुलेको छैन ।
बाघ नियन्त्रणका लागि अहिले हात्तीसहितको टोली परिचालन गरिएको छ । जिपिएस जडान गरिको सो बाघलाई डार्ट गरेर आजै नियन्त्रणमा लिने गरी टोली परिचालन गरिएको बनका कोषाध्यक्ष बर्तौलाले बताए । सो बाघले तीन दिनदेखि आतंक मच्चाउँदै आएको थियो ।
आतंक मच्चाउने बाघलाई नियन्त्रणमा लिन चितवन निकुञ्जलाई पटकपटक जानकारी गराए पनि तत्काल नियन्त्रणको प्रयास नहुँदा एक जनाले अकालै ज्यान गुमाउनु परेको वनका कोषाध्यक्ष बर्तौलाले बताए । कुमरोजमा प्रत्येक वर्ष बाघको आक्रमणबाट १र२ जनाको ज्यान जाने गरेको छ ।