JIN0TkF.gif
JINuGe4.gif

चितवनमा पर्यटकको भिड

चितवन –  अङ्ग्रेजी नयाँ वर्ष मनाउन आएका पर्यटकहरुले चितवनका होटेलहरु भरिएका छन । अझ विशेष गरि वाइल्डलाइफ टुरिजमको उत्कृष्ट गन्तव्यका रूपमा रहेको चितवनको सौराहामा नया वर्षमा हुने कार्यक्रम हरु संगै चितवन राष्ट्रिय निकुञ्जभित्र अवलोलन गर्ने पर्यटकको संख्या पनि  बढाएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारी बताउँछन् । उनका अनुसार चितवनको सौराहाबाट मात्र १५ र १६ गते गरेर चार सय ६३ जनाले निकुञ्जको भ्रमण गरेका छन् ।

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

भरतपुर र माडी क्षेत्रबाट निकुञ्ज अवलोकन गर्नेको संख्या पनि तुलनात्मक रूपमा बढेको छ । सामुदायिक वनमा दैनिक जिप र हात्ती सफारीका लागि पर्यटकले पालो नै कुर्नुपर्ने अवस्था आएको थियो । देशकै तेस्रो पर्यटकीय गन्तव्य सौराहासहित मेघौली, पटिहानी आएका पर्यटकहरू निकुञ्जमा हुने पर्यटकीय गतिविधिमा रमाउने गर्छन् । पर्यटकको रोजाइमा विशेष गरी हात्ती, जिप, डुंगा सफारी हुने गरेको छ ।

क्षेत्रीय होटेल संघ सौराहका महासचिव गुणराज थपलियाका अनुसार एक हप्तादेखि क्रिसमस र नयाँ वर्षका लागि आएका पर्यटकले सौराहाका होटेल भरिएका छन् । चितवनका होटेलहरूले करिब १५ हजार मानिसको व्यवस्थापन गर्न सक्छन् । त्यसमध्ये सौराहाका होटेलको क्षमता ७० प्रतिशत छ । सौराहामा एक सय ६० हाराहारी होटेल छन् । चितवनमा जाडो मौसममा पर्यटकले यहाँ घुम्न रुचाउँछन् । सौराहासँगै पटिहानी, जगतपुर, मेघौलीसँगै, माडी, देवघाट, सिंराइचुली, उपरदाङगढी, शक्तिखोर, जलबिरे झरना, छितामाईलगायत पर्यटकीय गन्तव्यमा पनि पर्यटकको राम्रो उपस्थिति छ । देवनगरमा रहेको लेक ट्वान्टी थाउजेन्ड फार्म एन्ड रिट्रिटका म्यानेजर राजेश आचार्यले नयाँ वर्षकै अवसर पारेर होटेलमा धेरै बुकिङ आएको बताए ।

 पर्यटक गतिविधि बढाउन मेला र महोत्सव
पर्यटकीय गतिविधि बढाउन कोरोना महामारीपछि रोकिएको चितवनको हात्ती महोत्सव सौराहामा चार वर्षपछि पुनः सुरु भएको थियो । चितवन हात्ती तथा पर्यटन महोत्सवका रूपमा १७औँ संस्करणको हात्ती महोत्सव १० पुसदेखि १४ सम्म सञ्चालन भयो । नारायणगढको क्याम्पाचौरमा रैथाने फुड फेस्टिबल एवं बृहत् सांस्कृतिक कार्यक्रम हुदाँ इच्छाकामना गाउँपालिकाले नयाँ वर्षमा नै सुन्तला प्रवद्र्धनका लागि सुन्तला महोत्सव आयोजना गरेको छ ।

पुस १६ गतेदेखि १८ गतेसम्म हुने महोत्सवले सुन्तला खान आउँदा यहाँका पर्यटकीयस्थलको समेत अवलोकन हुने गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले बताए । यसबाहेक स्थानीय संघ–संस्था र होटेलहरूले पनि राष्ट्रिय र स्थानीय कलाकारहरू लाएर नयाँ वर्षमा पाहुनाको मनोरञ्जन र आगमन बढाउन कार्यक्रमको आयोजना गरेका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash