JIN0TkF.gif
JINuGe4.gif

चितवनको माडीमा १५ वर्षीय बालिका बलात्कारको आरोपमा शिक्षक पक्राउ

माडी चितवन –  चितवन माडी बाँदरझुलामा १५ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन् ।

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

बाँदरझुलाको सगरमाथा विद्यालयमा पढाउने ४२ वर्षीय हरिबहादुर हरिजन पक्राउ परेका हुन् ।

उनले बालिकालाई ललाईफकाई आफ्नै घरमा लगेर बलात्कार गरेको स्थानीय र परिवारको आरोप छ । बलात्कारपछि बालिका रुँदै घर आएपछि परिवारले घटनाबारे जानकारी पाएका थिए । जिल्ला प्रहरी कार्यालय चितवनकी प्रहरी निरीक्षक सरिता विश्वकर्माले बालिका नबोल्ने भएकोले छानबिनमा समस्या परेको बताइन् । बालिका अहिले माईती नेपालमा आश्रय लिइरहेकी छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash