माडी चितवन – माडी सडकखण्डअन्तर्गत सीताराम चोकमा बिहीबार साँझ मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दुर्घटनामा भरतपुर महानगरपालिका–६ निवासी १७ वर्षीय चिराज पोखरेलको मृत्यु भएको हो ।
गीतानगरबाट विकासचोक तर्फ आउँदै गरेकोे मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका पोखरेलको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।
What’s your Reaction?
+1
49
+1
+1
76
+1
+1
1
+1